बसन्तपुरमा नाटक ‘भुमरी’ प्रदर्शन

...

बैशाख, काठमाडौँ । रङ्गकर्मी तथा कलाकार घनश्याम गौतमको लेखन तथा निर्देशन रहेको नाटक ‘भुमरी’को बसन्तपुरमा प्रदर्शन गरिएको छ । लागुपदार्थ दुर्ब्यशनी तथा माद्यक पदार्थ सेवनबाट कुलतमा फसेका युवाहरुको कथालाई लिएर कुलतबाट कसरी मुक्ती पाउने भन्ने सन्देश दिन उक्त नाटक प्रदर्शन गरिएको बताइएको छ ।

नाटकमा राजोपाध्याय, युगज्योति क्रियाशिल, आई.पि.आचार्य, टिकाराम आचार्य, सुरज खड्का, द्रोण प्रसाद पौडेल (केपी) अर्जुन कट्वाल र घनश्याम गौतम लगायतका कलाकारहरुले जीवन्त अभिनय गरेका थिए ।  उद्दार नेपालको आयोजना तथा कारितास नेपालको सहकार्यमा तयार पारिएको नाटक भुमरीले बिद्यालयका बिद्यार्थीहरु कुलत मा कसरी फस्छन र कुलतमा फसेपछि कसरी उध्दार गर्ने र नयाँ जीवन कसरी जिउन सकिन्छ यसमा परिवार र समाजको कस्तो भुमिका हुनुपर्छ भन्ने कुरालाई नाटकमा मार्मिक ढङ्गले देखाईएको थियो । 

bhumari-natak.jpg

नाटकमा नमस्ते दिवाकर घिमिरे मुख्य सहायक निर्देशक, टिकाराम आचार्यको सँगित सँयोजन, आई.पी आचार्य सामाग्री ब्यवस्थापन , भेषभुसा तथा शृँगारमा युगज्योति क्रियाशिल र सरिता राजोपाध्याय सहयोगीहरुमा सुरज खड्का, अर्जुन कट्वाल र पशुपति दँगाल रहेका थिए । 

नाटक प्रदर्शन पछि दर्शकहरुको प्रतिकृयाले आयोजकका तर्फ बाट उद्धार नेपालका राजु पुतुवार र कारितास नेपालका रमेश थापा मगर निकै सन्तुष्ट भएर कलाकार तथा निर्देशकलाई धन्यवाद दिदै प्रमाण पत्र र मायाको चिनो प्रदान गरेका थिए । करिब ५ सय भन्दा बढि दर्शकको उपस्थिति रहेको नाटकलाई देशभरी प्रदर्शन गर्न दर्शकहरुले सुझाब दिएका थिए ।