कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा

...

बैशाख, काठमाडौँ । कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा आएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर रन लामाको निर्माण रहेको वेब सिरिज ‘किच किच’ को बारेमा जानकारी दिइयो । खेमनाथ खनालको निर्देशन रहेको किच किच प्रत्येक बिहीबार रन लामा युटुब च्यानलमा प्रशारण हुनेछ ।

सामाजिक कथाबस्तुलाई कमेडी शैलीमा निर्माण गरिएको सिरिजले दर्शकको माया पाउँने निर्माण टिमको विश्वास छ । वेव सिरिजमा इन्द्रजित शर्मा चौलागाई, रन लामा, तुलसा पहाडी, आकृति न्यौपाने, निरंजन दंगाल, रमेश पराजुली, अनु खड्का, सुशिल यस मगर, रोनिशा अधिकारी, अन्जली बिसी लगायतको अभिनय छ ।

शिर्ष गीतका डिपी खनालको शब्द, मानशी किरणको संगीत र स्वर साथमा गंगा गजमेरको पनि स्वर सुन्न सकिन्छ । दिनेश पराजुलीको छायांकन रहेको सिरिजलाई संजय अधिकारी सम्पादन गरेका हुन् । सामाजिक कथालाई फरक शैलीमा कमेडीमा प्रस्तुत गरिएको किचकिचलाई दर्शकले मनपाउँनेमा बिस्वस्त रहेको निर्देशक खेमनाथ खनालले बताए ।