‘बाटो: रोड टु डेथ’ ट्रेलर सार्वजनिक

...

बैशाख, काठमाडौँ । साउथ इन्डियन (दक्षिण भारतिय) शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो: रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । केही अगाडि सार्वजनिक चलचित्रको फष्टलुकको चर्चापछि निर्माण युनिटले शुक्रबार ट्रेलर ल्याएको हो ।

ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । ट्रेलरमा चलचित्र भित्रको कथा भने केही पनि खुलाइएको छैन । काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ चलचित्र उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।

भारतको चेन्नाइमा उत्कृष्ट प्राबिधिक कार्यभइरहेको चलचित्र नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार गरिएको छ । चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।  चलचित्रका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् ।

काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको चलचित्रको रिलिज मिति अहिले सार्वजनिक गरिएको छैन । चलचित्रको अव आउने दोस्रो ट्रेलरमा रिलिज मिति खुलाइने निर्माता चन्दन झाले बताए । चलचित्र डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक चलचित्र तयार हुन लागेको हो ।