नृत्य दिवसको अवसरमा ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’

...

बैशाख, काठमाडौँ । नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसरमा ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८० सम्पन्न गरेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा गत शुक्रबार जमलस्थित राष्टिय नाचघरमा सम्पन्न उक्त कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका बिशिष्ठ चलचित्रकर्मी एवं कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको हो ।
नेपाल चलचित्र नृत्य संघले हरेक वर्ष विशिष्टताको आधारमा  प्रदान गर्दै आयको  राष्ट्रिय चलचित्र साँस्कृतिक नृत्य  रत्न सम्मान २०८० बरिस्ठ नृत्य निर्देशक  दिनेश पाख्रीन लाई प्रदान गरिएको छ ।
कार्यक्रममा सम्मानित हुनुहुने अन्य बिशिष्ठ ब्यक्तित्वहरुमा डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमा राई, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, पल शाह ,अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाई, शान्तिप्रिय, गीता अधिकारी, तारादेवि लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई आदीले सम्मान ग्रहण गर्नुभएको कुरा संघका सचिव लिलाधर भट्टराईले जानकारी गराएका छन् ।

नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु आआफ्नो विद्यामा स्थापित रहेका छन् ।