पेम्बाको आवाजमा ‘बैमानी’ सार्वजनिक

...

बैशाख, काठमाडौँ । नवगायक पेम्बा लामाको स्वरमा नयाँ गीत बैमानी सार्वजनिक गरिएको छ । कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको हो । ‘बैमानी’ बोलको यस गीतमा  दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ।  चर्चित अभिनेता  पुष्प खड्का र मोडल कविता नेपालिको जोडदार अभिनय रहेको यस भिडियोका निर्देशक भने केशवराज भट्ट हुन्।  

दर्जनौ गीतमा आफ्नो संगीत भरेका संगीतकार  दिपक विश्वकर्माको फरक कोसेली श्रोताहरुलाई पस्केको उनले बताए ,त्यस्तै गायक पेम्बा लामा पनि कोरिएयाम बसोबास गर्ने र नेपाल तमाङ्ग घेदुङ्ग संघ कोरियाका सल्लाहाकार पनि हुन्।  गीत संगीतमा सानै देखि रुचि राख्ने उनि कोरिया बसेर गीत संगीतको साधना पनि लिरहेका छन।  उनि भन्छन ‘यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु , एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन , म हिजो थिए आज नि छु र भोलि पनि यहि नेपाली गीत संगीतको क्षेत्रमा नै रही रहने छु ।’ 

 बुधबार सार्वजनिक भएको यस गीतमा गोपाल रसाईलिको एरेन्ज रहेको छ। दुई दिन सम्म सेट लगाएर छायांकन गरिएको यस गीतको भिडियोमा  बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । लोक पप शैलिको यस  गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानि रहेको छ ।भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।