८ तलमाथि छरिएको ‘फुलै फुलको मौसम तिमीलाई’

...

फागुन, काठमाडौं । दिनेश डिसी निर्देशीत फिल्म ‘फुलै फुलको मौसम तिमीलाई’ आउँदो फागुन २१ गतेबाट देशभरी प्रदर्शनमा आउँदैछ । यसभन्दा अघि सफल फिल्म निर्देशन गरीसकेका डिसीले अबको यस फिल्मपनि सफल बन्नेमा विश्वस्त छन् ।
nita dhunga and aamesh bhandari

सोमबार नयाँबानेश्वर स्थित ओमकार भवनको ८ तलामाथि रेडियो अडियो प्रांगणमा गरीएको पत्रकार भेटघाटमा ‘फुलै फुलको मौसम तिमीलाई’ टिमले फिल्मको बारेमा अझ खुलेर बोलको छ । दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रममा निर्देशक दिनेश डिसीले फिल्मको बारेमा निकै नै बयान गरे । साथमा फिल्मका नव नायक आमेस भण्डारी र नायिका निता ढुंगानाले फिल्मको बारेमा खुलेरै बयान गरे । आफु दोहोरो भुमिकामा रहेकी नायिका निताले आफुले गरेका अन्य फिल्मभन्दा यसमा फरक कथा र दोहोरो भुमिका भएकाले अझ दर्शकलाई मनोरञ्जन हुने बताइन् । रियल लाइफका जोडीको रुपमा चिनीएका निता र आमेश रिल लाईफमा पनि जोडिकै रुपमा देखिँदैछन् ।
fulai fulko mausam timi lai nepali movieफिल्मका निर्देशक दिनेश डिसीले आफ्नो फिल्म ‘फुलैफुलको मौसम तिमीलाई’सँग सोहि मितिमा रिलिज हुने भुवक केसीको ‘ड्रिम्स’को बारेमा खासै धेरै बोल्न चाहेनन् । साथै उनले आफ्नो फिल्मसँग जुनसुकै फिल्म जुध्न गएमा पनि खासै फरक नपर्ने प्रतिक्रिया दिए । लामो संघर्षपछि आफुले चाहेको र आफुले सोचेजसरी खिचेर बनाएको फुलै फुलको मौसम तिमीलाई दर्शकले मन पराउनेमा उनी विश्वस्त देखिएका छन् ।
nita dhunga and aamesh bhandariकार्यक्रममा निर्देशक दिनेश डिसी, नव नायका आमेश भण्डारी, नायिका निता ढुंगानाको साथमा फिल्मको शिर्षगीतका रचनाकार रत्नशमशेर पनि उपस्थित थिए ।
nita dhunga and aamesh bhandariWatch Trailer