शिल्पा मास्केलाई बोल्ड देखाउँदै ‘परस्त्री’को फस्टलुक सार्वजनिक

...

बैशाख, काठमाडौँ । चलचित्र ‘परस्त्री’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नायिका शिल्पा मास्केलाई बोल्ड अवतारमा देखाइएको छ । सार्वजनिक ३ पोष्टरमा शिल्पा कतै कामुक देखिएकी छिन् भने कतै उनी २ कलाकारसँग देखिएकी छिन् । चलचित्र असार १५ गतेबाट प्रदर्शन हुने भनिएको छ । 

para-istri-poster-shilpa.jpg

सुरज पाण्डे निर्देशीत यो चलचित्रमा शर्मिला पाण्डेको लगानी छ । चलचित्रमा दीपेन्द्र के खनालको कथा छ । यो चलचित्रमा शिल्पा मास्के र कोशिश क्षेत्रीको मुख्य भूमिका छ । चलचित्रको कथावस्तु निर्माणपक्षले केही पनि खुलाएको छैन । चलचित्रलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी निर्माण कम्पनी डी एस डिजिटलले गरेको छ । यतिबेला हिन्दी भाषाको डबिङका लागि निर्माता र निर्देशक मुम्बइमा छन् ।