मोडल रुपा लामाः कहिले हङकङ, कतार त कहिले दुबई

...

जेठ, काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रकी मोडल हुन् रुपा लामा । उनको ब्यस्तता निकै देखिन्छ । रुपा नेपालमा भन्दा बढी बिदेशमा हुन्छिन् । उनको सामाजिक सञ्जाललाई पल्टाएर हेर्ने हो भने नेपाल भन्दा बढी बिदेशका बिभिन्न देशमा पुगेका तस्बिर देख्न सकिन्छ । 

आफूले बिभिन्न ब्यवसायमा पनि हात हालेको कारण आफू बढी बिदेशमा घुमिरहने रुपाको भनाई छ । हामीले बिदेशमा घुम्नुको कारण के छ, घुमाई मात्र होकि कामको शिलशिलामा भनेर सोधेका थियौं, रुपाले यसो भन्छिन्, ‘म अहिले जापानमा छु । बिजनेशको शिलशिलामै आएकी हुँ । बिजनेशलाई कसरी बिस्तार गर्न सकिन्छ भन्ने छलफलका लागी अहिले यहाँ छु ।’ उनका अनुसार म्यानपावर ब्यावसाय सँगै कतारमा रेस्टुरेन्ट सन्चालन पनि गर्छिन् ।

model-rupa-lama-photos.jpg

गएको अप्रिल ८ मा नेपालबाट मलेसिया पुगेकी रुपा हङकङ हुँदै जापान पुगेकी हुन् । आर्टिष्ट खबरसँगको टेलिफोन वार्तामा रुपाले अझै केहिदिन जापानमै रहने जानकारी गराइन् । उनी अघि भन्छिन्, ‘मोडलिङ भन्दा अरु काममा ब्यस्त भएकाले बढी बाहिर हुन्छु ।’ काठमाडौंको ग्राण्डी अपार्टमेन्टमा बस्दै आएकी रुपाले आधादर्जन म्युजिक भिडियो र केहि सिरिजमा काम गरेकी छिन् । रुपा सन् मिस हेरिटेज २०१७ की बिजेता समेत हुन् ।