नयाँ गीत ‘चर्को लाग्यो घाम’ले सकारात्मक प्रतिक्रिया पाउँदै

...

जेठ, काठमाडौँ । गायक यज्ञ सापकोटा, टंक डुम्रे र गायिका लक्ष्मी खड्काको संयुक्त स्वरमा ‘चर्को लाग्यो घाम’ बोलको गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । एक साता अघि सार्वजनिक उक्त गीतमा गायक टंकको शब्द रहेको छ भने यज्ञले लय भरेका छन् ।  

मदन खड्काको निर्देशनमा रहेको म्यूजीक भिडियोको गीतमा अर्जुन सापकोटा टंक डुम्रे शिखा थापा प्रभानाथको अभिनय रहेको छ । गीतको भिडियो अकला देवी म्युजिकको युटुव च्यानलबाट विश्वभर सार्वजनिक भएको छ। यो गीत टिकटकमा पनि लोकप्रिय बन्दै गइरहेको छ ।

युट्युवमा यो समाचार तयार पार्दासम्म २ लाख ११ हजार पटक हेरिएको छ भने ३७ सय लाइक आएको छ । यस्तै २ सय प्रतिक्रिया आएका छन् । जसमा अधिकांश प्रतिक्रिया सकारात्मक छन् । मुकु नाम गरेका एक युट्युव प्रयोगकर्ता लेख्छन्, ‘हामि बटौलि बासिको व्यथा बुझेर दाजुले मिठो सांगितिक कोशेलि चर्को लाग्यो घाम सार्बजनिक गर्नु भएको छ ।’ यस्तै नेपालपन नाम गरेका एक युजरले लेख्छन्, मेरो मोबाइलमा दिनभरि काम गर्दा येही गित मात्रै बज्छ ।