म्यान अफ दि वल्र्ड २०२३ मा नेपालको तर्फबाट विशालको सहभागीता

...

जेठ, काठमाडौँ । नेपाली कलाकार तथा मोडल विशाल कट्वाल म्यान अफ दि वल्र्ड २०२३ प्रतियोगितामा सहभागी हुने भएका छन् । आगामी जुन १६ तारिख फिलिपिन्सको मनिलामा आयोजना हुने म्यान अफ दि वल्र्ड २०२३ मा विशाल नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पार्धीका रुपमा फिलिपिन्स जादैंछन् । 

नेपालको तर्फ जाने प्रतियोगितामा सहभागी हुने भएपछि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई बधाई सहित सफलताको शुभकामना दिएका छन् । पेशाले ईन्जिनिएर भएपनि विशाल कलाकारिताको क्षेत्रमा समेत संर्घष गरी रहेका छन् ।

WhatsApp Image 2023-05-28 at 1.15.08 PM.jpeg
फिल्म यात्रामा काम गरीसकेका विशाल मिष्टर नेपाल वल्र्ड २०२२ का रनरअप समेत हुन् । केही म्युजिक भिडियो, थुप्रै र्याम्पमा समेत उत्री सकेका छन् ।