प्रकाश सपूतलाई पैसा दिने विज्ञापनदाता नै प्यारो (भिडियो रिपोर्ट)

...

जेठ, काठमाडौँ । गायक प्रकाश सपूत निकै बाठा छन् अर्थात चलाख छन् । उनी आफूलाई कसरी फाइदा हुन्छन् त्यसमा निकै दिमाग लगाउँछन् । केहिसमय अघि मात्रै सार्वजनिक भएको सकम्बरी गीतले युट्युवमा करोडौं भ्युज पाएँसगै विवादमा पनि आयो । गीतको चर्चा र विवाद भइरहँदा अमेरिका रहेका प्रकाशले करोड भ्युज पाएपछि मात्रै सामाजिक सन्जालबाट आफ्नो भनाई राखे । करोड भ्युज आउन्जेल विवाद चर्किराखोस् भन्ने आशय लगभग प्रष्ट देखिन्थ्यो । 

जब उनी अमेरिकाबाट नेपाल आइपुगे केहिदिन गुपचुप बसे । त्यसपछि एकदुई मिडियामा गएर बोले । हुन त उनलाई थुप्रै मिडियाले समय मागेका थिए । उनले संघर्ष गर्दाको समयमा साथ दिने मिडियादेखी अन्य मेनस्ट्रिम मिडियाहरुले समय मागे । तर एकदुई मिडियामा गएर आफ्ना कुरा राखे । अब यतिनै गरौं, पछि अर्को कामको समयमा फेरी अन्य मिडियामा बोलौँला भनेर मिडियाका अफरलाई इंनोर गरे ।

तर केहिदिन पछि फेरी उनलाई विज्ञापनदाता लाई खुसी बनाउनु पर्छ भन्ने लाग्यो । आफ्नो गीतको सफलतापछि त्यसको समीक्षा गर्न आइतबार  ‘सफलता र समीक्षा’ शीर्षकमा कार्यक्रम राखे । कार्यक्रममा चिटिक्क परेर झुल्किएका प्रकाशले समीक्षा भन्दा पनि विज्ञापनदाताको तारिफमै बढी समय लगाए । कार्यक्रम गरिए पनि प्रकाशले गीतका प्रायोजकलाई धन्यवाद दिनमा बढी समय खर्चिएका थिए ।

यो गीतका बारेमा उनले समीक्षा गर्नु जरुरी थियो । जसरी विवादमा गीत तानियो, त्यो विषयमा बुझ्नलाई मिडिया तथा दर्शक उनको कार्यक्रममा उपस्थित थिए । तर प्रकाशले भने गीतका बारेमा केही नबोलि विज्ञापनदातामा समय खर्चिए । त्यसो त यो गीत विवादमा आएपछि नहेर्ने दर्शक सायदै नहोलान् । तर उनले १५ मिनेट १६ सेकेण्डको गीतमाथि समीक्षा गर्नुपर्ने भए पनि उनले त्यता समय खर्चिएनन् ।

उपस्थित मिडियाकर्मिहरुले सर्जक र मिडियाकर्मिबिचको समिक्षात्मक प्रश्नोत्तर चाहान्थे । कार्यक्रममा केहि प्रश्नउत्तर त भए तर हलको समय बिताउनका लागी गरिने खालका मात्र प्रश्नउत्तर थिए । गीतले दिन खोजेको सन्देश, समाजमा पारेको प्रभाव, आगामी दिनमा यस्ता किसिमका गीत निर्माणले समाजमा पार्ने प्रभाव लगाएतका बिषयमा कुरै भएनन् । त्यसो त प्रकाशले अब अन्तिम अन्तिम प्रश्न भन्दै छोट्याउन खोजिरहेका छन् ।

प्रकाशले यस्ता कुरामा ध्यान दिएनन् । बरु उनलाई आफ्ना अन्य प्रोजेक्टका लागि विज्ञापन नै उम्किएला कि भन्ने चिन्ता थियो । त्यसैले विज्ञापनदातालाई प्राथमिकता दिन थाले । त्यसो त प्रकाशलाई गीतसंगीतकै क्षेत्रका ब्यक्तिहरुबाट विवादित दृश्य राखेर गीत चलाउन सिपालु सर्जक भन्ने आरोप लाग्छ । हुनपनि लगातार सार्वजनिक उनका गीतहरुबाट त्यो देखिन्छ पनि ।

जे होस् प्रकाश सपूत चलचित्र निर्माणमा पनि बिस्तारै होमिदै छन् । तर चलचित्र निर्माणको काम एक गीत निर्माण गरेजस्तो भने होइन । सबैसँग मिजासिलो बन्न सकिएन भने करोडौंको लगानीमा बन्ने चलचित्रले हजार रुपैंया पनि नकमाउन सक्छ । आउँदो दशैंमा चलचित्र परदेशी २ रिलिज हुँदैछ । उक्त चलचित्रमा प्रकाशले अभिनय गरेका छन् ।

चलचित्रका प्रसार सामाग्रिले खासै चर्चा पाउन सकेका छैनन् । त्यो आधारलाई लिएर आंकलनमात्र गर्ने हो भने पनि चलचित्र चल्छ भन्न सकिदैन । अझ उनले आफैले लगानी गरेर चलचित्र निर्माण गर्ने भनिरहेका छन् । यस्ता कुरामा प्रकाशले सुष्म तरिकाले ध्यान दिनु जरुरी छ ।

भिडियो रिपोर्ट