काठमाडौंमा जीउनै गाह्रो भएर मेरिबास्सै छाडेको हुँः लेखान्त भुसाल (भिडियो रिपोर्ट)

...

जेठ, काठमाडौ। मेरिबास्सै टेलिसिरियलमा बिगत १० बर्षदेखी काम गर्दै आएका कलाकार लेखान्त भुसाल घिरौलेले काठमाडौंमा कलाकार भएर खान लाउनै गाह्रो हुने बताएका छन् । १० बर्ष काम गर्दापनि जिवन यापन उस्तै भएको भन्दै मेरिबास्सै छाडेका छन् । उनले अहिले भाविको लेखान्त नाममा नयाँ सिरियल आफैले निर्माण गरेका छन् । 

अन्य सिरियलमा सानो भूमिकामा कलाकार भएर काम गर्दा मासिक रुपमा निकै थोरै कमाइ हुने भएकाले काठमाडौंको जिवन यापन जीउन कठिनाई भएको उनले बताएका हुन् । त्यसैले उनले आफैले सिरियल निर्माणमा लागेको बताएका छन् । उनी मेरिबास्सैमा घिरौले भूमिकामा अभिनय गर्दै आएका थिए । सुरुवातका दिनमा साधारण काम गर्दै अभिनयमा छिरेका लेखान्तले पछिल्लो समय मेरिबास्सैमा ब्यवस्थापक भएर पनि काम गर्दै आएका थिए ।
 
आफूले बाहिर एक दुई सिरियलमा पनि काम गर्छु मेरिबास्सै छाड्दिन भन्दा बाहिर काम गर्नै नदिइएकाले मेरिबास्सै छाड्नुपरेको बताएका छन् । साथै उनले मेरिबास्सैबाट आउने पारिश्रमिकले काठमाडौंमा जीवनयापन गर्नै गाह्रो हुने बताए । 
बाँकी भिडियो रिपोर्टमा हेर्न सकिनेछ ।

Soon…