फेरी जम्दै नरेश र समिक्षाको सहकार्य, ‘मन परेरै हो’ले दर्शकको मन जित्दै

...

जेठ, काठमाडौँं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा कोरोना कहरको समयमा ‘माया मारेर’ गीत सार्वजनिक गरेपछि छाएका गायक नरेश खाती र गायिका समिक्षा अधिकारीले सहकार्य फेरी भएको छ । ‘माया मारेर’ पछि थुप्रै गीत सँगै गाएका नरेश र समिक्षाले पछिल्लो केहि समय यता सँगै गीत गाएका थिएनन् । अहिले फेरी नयाँ गीतका साथ बजारमा आएका छन् । उनीहरुले ‘मन परेरै हो’ बोलको गीत सार्वजनिक गरेका हुन् । गएको सोमबार सार्वजनिक गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

गायक खातीकै शब्द तथा संगीत रहेको उक्त गीतको संगीत संयोजन कृष्ण बि.क. ले गरेका हुन् । गीतको भिडियो नेपालको युट्युवको टे«न्डीङमा पनि आइसकेको थियो । गायक खातीकै निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा खातीसँगै समिक्षा, कमल ढुङ्गाना, रुपेश आले मगर, कृष्ण कँडेललगायतका कलाकारको अभिनय रहेको छ। म्युजिक भिडियोको छायाँकन र सम्पादन मनोज कार्कीले गरेका हुन् ।