ब्यस्त बन्दै समिक्षा अधिकारी, दिनमै पाँचदेखी सात गीत रेकर्ड गर्न थालिन्

...

जेठ, काठमाडौँ । नेपाली सांगित क्षेत्रकी लोकप्रिय गायिका समिक्षा अधिकारीको जीवन राम्रै चलिरहेको थियो । दिनप्रति दिन ब्यस्तता बढ्दै थियो । आम्दानी राम्रै भइरहेको थियो । तर सजिलै चलिरहेको जीवनमा एक्कासी ठुलो हावाहुरी आयो । जीवनमा प्राप्त भएका धेरै कुरा त्यो हावाले उडाएर लैजाने कोशिस गर्यो । तर समिक्षा डराइनन् बरु सामना गरिरहिन् । आज फेरी उनी समिक्षा पहिलेकै लयमा फर्किएकी छिन् । अझ भनौं पहिला भन्दा राम्रो गर्दैछिन् । 
अभिनेता पल शाह बिरुद्ध उजुरी हालेकी समिक्षाका केहिदिन कठिन पुर्ण रहे । करिब एकबर्ष उनको अनुहारमा हाँसो आएन । केहि महिना त सांगितीक जीवनबाट अलगै बस्नुपर्यो । केहि महिना गीत रेकर्ड नै नगरेकी समिक्षाले अहिले भने दिनमै पाँचदेखी सात वटा गीत रेकर्ड गराउँछिन् । बिहान उठेदेखी साँझसम्म उनी गीत रेकिडिंगमै ब्यस्त हुन्छिन् । 

केहि महिना अघि सामाजिक सन्जाल फेसबुकमा एक तस्बिर पोष्ट गर्दा समिक्षालाई गाली गर्ने धेरै थिए भने अहिले गर्ने पोष्टमा धेरैको सकारात्मक प्रतिक्रिया आउँन थालेका छन् । धेरैले बधाईसँगै शुभकामना दिइरहेका छन् । कमेन्टमा गाली गर्नेहरु पनि बिस्तारै उनलाई पोजेटिभ भएर हेरिरहेका छन् । 

दिनमै ७ गीत रेकर्ड, लाख माथिको कमाई
गायिका समिक्षा अधिकारीले पछिल्लो समय दिनमै ५ देखी ७ वटा गीत रेकर्ड गराउन थालेकी छिन् । समिक्षाले गत सोमबार ७ वटा गीत रेकर्ड गराएको फेसबुक स्टाटस मार्फत जानकारी गराएकी छिन् । उनीसँग बसन्त सापकोटा, प्रताप दास, अलिफ खान लगायतले सहकार्य गरेका छन् । यस्तै उनले बुधबार मात्रै पनि ५ वटा गीत रेकर्ड गराएकी जानकारी गराएकी छिन् । यसरी हेर्दा समिक्षा पछिल्लो समय दिनप्रतिदिन गीत रेकर्डमा ब्यस्त हुँदै गइरहेकी छिन् । उनले एकगीत रेकर्ड गरेको कम्तिमा १५ देखी २० हजारसम्म लिने गरेको बुझिन्छ । त्यो हिसाबले हेर्दा उनले दिनमै २० हजारको दरले ५ गीतमात्रै को हिसाब गर्दा पनि एकलाख रुपैया कमाइरहेकी छिन् । समिक्षाले आफूले दिनमै कति पैसा कमाईरहेकी छु भन्दा पनि कति दर्शकको मन कमाई रहेकी छु भन्नेमा जोड दिइरहेकी छिन् । 

सामना गर्न सक्ने समिक्षा
गायिका समिक्षा अधिकारीले जीवनमा आइपरेका समस्यासँग सामना गरिरहेकी छिन् । अभिनेता पल शाहसँगको मुद्धामा उनले धेरै नै सामना गर्नुपर्यो । अभिनेता शाहको फ्यानहरुबाट नराम्रा बचन खानुपर्यो । तर पनि त्यस्ता कुराहरुलाई पछि धकेल्दै उनी अगाडी बढिरहिन् । अझै अगाढी बढुन् समिक्षालाई शुभकामना ।