पुर्व मिस नेपाल जेनिशाले गरीन् युवा व्यवसायी दिकेशसँग बिहे

...

फागुन, काठमाडौं । सन् २००९ मा मिस नेपाल भएकी पूर्व मिस नेपाल जेनिशा मोक्तान बिबाह बन्धनमा वाँधिएकी छिन् । उनीले आज युवा व्यवसायी दिकेश मल्होत्रासँग बिवाह गरेकी हुन् ।

dikesh-and-jenisha - marriageकेहि दिन अघिदेखी सुरु भएको उनको बिवाहमा आज जन्तिका साथमा दिकेशले जेनिशालाई लगेका हुन् । उनको बिवाह भोली (शनिबार) सम्म चल्ने बताइएको छ । सन् २०१० मा भेट भएको यो जोडीले प्रेम भएको ५ बर्ष पछि बिवाह गरेका हुन् ।

भोली (शनिबार) आफन्त, साथीभाई र विभिन्न विशिष्ट व्यक्तिहरुलाई पार्टीका लागि यो जोडीले निमन्त्रणा गरेको छ ।

jenisha with priyanka

नायिका प्रियंका कार्की दिकेशकी फुपूकी छोरी हुन् । उनै प्रियंकाको निकटको साथी भएकाले पनि दिकेश र जेनिशाको चिनजान र निकटता अझ बढेको हो । पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफूहरुको क्लबमा आएको भन्दै तस्बिर शेयर गर्दै दिकेश र जेनिशालाई शुभकामना दिएकी छिन् ।