अनेक तामझाम गर्दा पनि हिट भएन यो गीत, कलाकारले चिया खाएको पैसा समेत उठेन

...

जेठ, काठमाडौँ । नेपालमा गीत हिट बनाउन अनेक गर्छन् कलाकार । कतिले कन्ट्रोभर्सि ल्याउनकै लागी कसरत गर्छन् । गीतमा शब्द अनेक थरीका हाल्छन्, भिडियो पनि त्यस्तै बनाउँछन् । दर्शक तथा स्रोतालाई सुन्दा र हेर्दा आनन्द आउने भन्दा पनि कसरी हुन्छ बिवादमा तानियोस् भन्ने पनि चाहन्छन् । जसरी हुन्छ युट्युवमा भ्युज ल्याउन तामझाम गर्छन् । 

आज हामी यस्तै एक गीतको कुरा गर्दैछौं । गीत चर्चामा ल्याउन अनेक गरेको देखिन्छ तर एक महिनामा बल्ल बल्ल १२ हजारले हेरेका छन् । गीतको बोल छ ‘मेरी स्वास्नी पोइला गई….।’ गीतको टाइटल देखी भिडियोका दृश्य अचम्मका छन् । यो गीत कुमार न्यौपानेले बनाएका हुन् । गीतमा स्वर सँगै कथा र निर्देशन उनकै छ । गीतका शब्द र दृश्यले युट्युवमा भ्युजको बर्षा हुन्छ भन्ने ठानेका थिए होलान् तर एक महिना पुग्दा सम्म पनि कलाकारले चिया खाएको पैसा सम्म उठ्न सकेको छैन । 

mero-swasni-poila-gai-song.jpg

गीत भनेको समाजमा कुनै न कुनै तरिकाले सकारात्मक सन्देश दिने हुनुपर्छ । गीतको अडियो सुन्दा वा भिडियो हेर्दा सकारात्मक सन्देश प्रवाह हुनुपर्छ तर यो गीतले कुनै पनि सन्देश दिएको देखिदैन । गीतै भरी ‘मेरी स्वास्नी पोइला गई’ र ‘तेरी स्वास्नी किन पोइला गई’ भन्दा अरु केहि भनेको देखिदैन । भिडियोमा सुंगुरको पनि प्रयोग गरिएको छ, तर भिडियो भद्धा देखिएको छ ।

भिडियामा कुमार न्यौपानेसँगै भगवती खड्का ‘युनिका’, अस्मिता जुरेली, करुणा श्रेष्ठ लगायतले अभिनय गरेका छन् । कुमार न्यौपाने तिनै गायक हुन् जुन् दशक अगाडी ‘ढाका टोपी मैलो’, ‘हङकङ बजार कान्छि हङकङ बजार’, ‘उनलाई मैले पाउनै पर्छ’ लगायतका गीत निकालेका थिए । अझ पछिल्लो समयको कामबाट उनलाई चिन्ने हो भने अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेको ‘बोस सोलार वाटर हिटर’को एक बिवादीत बिज्ञापनका निर्देशक हुन् ।