सगरमाथा आरोहण गर्दा ३९ लाख खर्च भयोः नायिका दिया पुन

...

जेठ, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी नायिका दिया पुनले गतबर्ष विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । सगरमाथा आहोरण गर्दा कति पैसा खर्च हुने रहेछ भन्ने प्रश्नमा दियाले ३० हजार युएस डलर (नेपाली करिब ३९ लाख) खर्च भएको खुलाइन् । 

उनी भन्छिन्, ‘सबै हिसाब गर्दा ३० हजार युएस डलर खर्च भएको रहेछ ।’ दियाका अनुसार सगरमाथा आरोहण गर्ने क्रममा लिएर जाने सामाग्रीसँगै पोशाकमा पनि ठुलो खर्च आउने गर्दछ । हिमालय टेलिभिजनको सेलेब्स टर्क शोमा गरिएको कुराकानीमा उनले सगरमाथा आरोहण गर्दाको खर्च बारे बताएकी हुन् । 

deeya-pun.JPG

बिर बिक्रम चलचित्रबाट डेब्यु गरेकी दियाले अहिलेसम्म ६ चलचित्रमा मात्र काम गरेकी छिन् । दुई वटा चलचित्र प्रदर्शन हुनै बाँकी छन् । दिया अभिनित चलचित्र अन्तिम संस्कार आगामी असार ८ गतेबाट प्रदर्शन हुने तयारीमा छ । साथै उनी अभिनित दयारानी पनि प्रदर्शन हुन बाँकी चलचित्र हो ।