पहिलो दिनमै क्युएफएक्सले हटायो बुद्धि तामाङको चलचित्र ‘हेम्जाकोट’

...

जेठ, काठमाडौँ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ अधिकांश हलबाट उत्रिएको छ । क्युएफएक्स चेनले शुक्रबार साँझबाट नै यो चलचित्रको शो हटाएको थियो । हलमा दर्शकको संख्या एकदिन न्युन देखिएपछि हलले चलचित्रलाई शो नदिएको हो । शुक्रबार क्युएफएक्सले ५ देखी ७ वटा शो दिएको थियो तर दिएको शोमा पनि दर्शक नआएपछि हटाएको हो । 

चलचित्र अन्य केहि मल्टिप्लेक्समा भने प्रदर्शन भइरहेको छ । काठमाडौंको वन सिनेमाजले भने नयाँ बानेश्वर र कालिमाटीमा गरि दिउँसो १२ बजेको जम्मा दुई शो दिएको छ । अन्य अधिकांश मल्टिप्लेक्समा पनि यो चलचित्रको शो हटेको छ । चलचित्रमा बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । चलचित्रमा स्टारकास्ट नभएकाले पनि दर्शकले चलचित्रलाई पत्याउन नसकेको देखिन्छ । स्टारकास्ट नहुँदा र ट्रेलरले पनि खासै चर्चा नपाउँदा पनि चलचित्रको प्रचारभने राम्रो भएको देखिन्थ्यो । 

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् ।