राशीले सुरु गरिन् ‘सारंगी धुन’ कार्यक्रम

...

जेठ, काठमाडौँ । ‘सारंगी धुन’ कार्यक्रम सन्चालनमा आएको छ । नेपाली लोक तथा दोहोरी गीतसँगै चलचित्र, संगीत बिधाका कलाकर्मिसँग अन्तरंग कुराकानी गरिने कार्यक्रम गएको शुक्रबारबाट आर्टिष्ट खबर युट्युव च्यानलबाट प्रसारण सुरु भएको हो ।

sarangi-dhun-program.jpg

कार्यक्रम राशी रिजालले सन्चालन गर्नेछिन् । राशी आफैमा गायिकासँगै सन्चारकर्मि हुन् । नवलपरासी पुर्वबाट पत्रकारितासँगै गायनयात्रा सुरु गरेकी राशीले ‘सारंगी धुन’ काठमाडौंबाट निर्माण गर्नेछिन् । पहिलो भागमा नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी लोकप्रिय गायिका टिका सानुसँगको बिशेष कुराकानी प्रसारण भएको छ । कार्यक्रम हरेक शुक्रबार साँझ ६ बजे प्रसारण हुनेछ । कार्यक्रम आर्टिष्ट खबर मिडियाले निर्माण गरेको हो । 

sarangi-dhun-tika (1).jpg

सांरगी धुनमार्फत नेपाली कला क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्य राखिएको छ । सारंगी धुनसँगै सुरु हुने कार्यक्रम ३० देखी ४० मिनेटसम्मको रहने बताइएको छ । सारंगीमा राजेश गन्दर्भ रहेका छन् ।