दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ दिने

...

जेठ, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको छ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो ।

अग्रज लोक स्रष्टा बमबहादुर कार्की, नन्द कृष्ण जोशी, प्रेम देव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने प्रतिष्ठानको घुम्ती बैठकले निर्णय गरेको छ । प्रतिष्ठानका सल्लाहकार रहेका रायमाझीको सांगीतिक साँझ आगामी भदौं महिनामा हुने भएको हो । अब हरेक वर्ष एक जना लोक स्रष्टाको सांगीतिक साँझ आयोजना गर्ने समेत प्रतिष्ठानले निर्णय गरेको छ ।

lok dohori 1.jpg

प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पदाधिकारी, संस्थागत एवं पूर्व अध्यक्ष तथा सल्लाहकार गरी १ सय हाराहारी कलाकार ताङतिङ पुगेका थिए । बैठकमा संस्थागत प्रशिक्षण एवं अन्तक्र्रिया समेत गरिएको उपमहासचिव शिरीष देवकोटाले जानकारी दिए । देशको स्थानीय कला संस्कृतिको संम्बद्र्धन गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले ताङतिङले घुम्ती बैठक आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । 

गत फागुनमा रीता थापा मगरको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । यो कार्यसमिति पछिल्ला दिनमा सरसफाइ अभियानमा समेत सक्रिय छ ।