नम्बरी सुनको टिजरः ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहास

...

असार, काठमाडौँ । चलचित्र नम्बरी सुनको टिजर सार्वजनिक गरिएको छ । आगामी भदौ १ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको दुईमिनेट लामो टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरिएको छ । 

सार्वजनिक टिजरमा गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ । अभिनेता सरोज खनाल चलचित्रमा गाउँको मुखियाको भुमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ । चलचित्रको सार्वजनिक टिजरमा देखिने अभिनेता राजराम पौडेलको कमेडी पञ्च र किरण नेपालीको भिलेन अवतारले रोचक मोडमा पुर्याउने अनुमान गर्न सकिन्छ । 

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको सिनेमामा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ । 

चलचित्रका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ । चलचित्रमा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । चलचित्रलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।