बल्छि धुर्बे र राजु मास्टर प्रहरी हिरासतमा, ‘जुठे’ र ‘हल्का रमाइलो’ बन्द हुन्छ ?

...

असार, काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा वनएक्स बेटको प्रचार गरेकाले केहि कलाकार तथा युट्युबरलाई प्रहरीले समात्यो । जसमा दुई लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) पनि छन् । बल्छि धुर्बे र राजु मास्टर नेपाली टेलिसिरियलको क्षेत्रका पछिल्लोसमयका लोकप्रिय कलाकार तथा निर्देशक, निर्माता हुन् ।

हल्का रमाइलो र जुठे सिरियल निर्माण गरिरहेका यि दुईजना कलाकार नै यतिबेला प्रहरी हिरासतमा छन् । अब यी दुई सिरियल के होला ? के बन्द हुन्छ ? सातै पिच्छे प्रसारण भइरहेका यि दुबै सिरियल आउँदो साता आउँदैनन् ?

अब के होला ?
जुठे र हल्का रमाइलोका लेखक, निर्देशक तथा मुख्य कलाकार नै मरिचमान र राजु हुन् । यदि यि दुई कलाकारनै छायांकनमा उपस्थित हुन नसक्ने अवस्था आयो भने सिरियल निर्माण हुन सक्दैन । त्यसैले मरिचमान र राजु प्रहरी हिरासतमा रहुन्जेल सिरियल निर्माण हुँन पाउँदैन । तर यसो भनिरहँदा यदि यो टिमले केहि भाग छायांकन गरेर राखिसकेको खण्डमा आगामी भाग प्रसारण हुन सक्छ । हल्का रमाइलोको छायांकन हुँदा हुँदै प्रहरीले बल्छि धुर्बे र राजु मास्टरलाई आफ्नो कब्जामा लिएको थियो । त्यसैले भोली आईतबार प्रसारण हुने हल्का रमाइलोको नयाँ भाग पनि आउने छैन । हिमालय टेलिभिजन र बल्छि धुर्बे युट्युव च्यानलबाट प्रसारण भइरहेको हल्का रमाइलोको नयाँ भाग हेर्न पाइने छैन । टेलिभिजनले पुरानै भाग दोहोर्याउन पनि सक्छ अथवा पुरानो भाग पनि प्रसारण नगर्न सक्छ । यस्तै बल्छि धुर्बेको युट्युव च्यानलमा पनि नयाँ भाग त हेर्न पाइदैन नै ।

यस्तै जुठे सिरियल भने अझै केहि भाग हेर्न पाइनेछ । किनभने यो टिमले काठमाडौं बाहिर छायांकन गर्ने भएकाले १० दिनको तालिका बनाएर ५ देखी ७ भाग खिचेर आउने गरेका छन् । त्यो कारण पनि यो टिमसँग अझै केहि भाग स्टक रहेको बुझिएको छ । 

बुधबार काठमाडौं जिल्ला अदालतले हिरासतमा राखी उनीहरूमाथि अनुसन्धान गर्न चार दिनको म्याद अनुमति दिएको थियो । यसक्रममा प्रहरीले बेटिङमा प्रचारमा लागेका अन्य व्यक्तिलाई निगरानीमा राखेर आन्तरिक अनुसन्धान गरिरहेको र चाँडै पक्राउ गर्ने तयारी गरेको उनले जानकारी दिए । 

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।