कविता प्रतियोगितामा सुष्मा तिमल्सिना प्रथम

...

असार, काठमाडौँ । सिन्धुपाल्चोक स्थित चौतारामा ‘चौतारा साँगाचोकगढी नगर सांस्कृतिक उत्सव– २०८०’ प्रारम्भ भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजना र शब्द-सारथी, सिन्धु कला मन्दिर र प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकको समन्वयमा असार १ गतेबाट साँस्कृतिक उत्सव सुरु भएको हो ।

सोही उत्सव अन्तर्गत भएको कविता प्रतियोगतामा सिन्धुपाल्चोक बाह्र्बिसे बसोबास गर्ने कवि सुष्मा तिमल्सिना प्रथम भएकी छिन् । उनको ‘सिंगो पाठशाला’ शीर्षकको कविता प्रथम भएको हो ।

त्यस्तै विनोद श्रेष्ठको ‘म सिन्धु पुत्र हुँ’ शीषकको कविता द्वितीय र राजाराम तिवारीको कविता आह्वान तृतीय भएको हो । विजयी कविहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए । विजयी कविहरूलाई क्रमसः १० हजार रुपैंया, ७ हजार, ५ सय रुपैंया र ५ हजार रुपैंयासहित सम्मान गरिएको थियो ।

कविता प्रतियोगितामा पहिलो चरणको मूल्याङ्कनबाट उत्कृष्ट ७ मा पर्न सफल कविहरूलाई उत्सवमा वाचनको लागि बोलाइएको आयोजकले जनाएको छ। पहिलो चरणमा दुई जना निर्णायकहरूले ८० अंकमा कविताको मूल्याङ्कन गरिएको र दास्रो चरणमा २० अंकमा मूल्याङ्कन गरी कूल १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको मूल्याङ्कन समितिको संयोजक अमित घिमिरेले जानकारी दिए ।