‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको भन्दै चलचित्र प्रदर्शकहरु अदालत पुगे

...

असार, काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको भन्दै चलचित्र प्रदर्शकहरु अदालत पुगेका छन् ।  ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएसम्म कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने काठमाडौं महानगरपालिकाले गरेको थियो । मेयर बालेन शाहको उक्त निर्णयसँगै कुनै चलचित्रकर्मिले समर्थन त कतिले बिरोध गरिरहेका छन् । 

चलचित्र संघका उपत्यका प्रदर्शन सभापति प्रज्ज्वल शमशेर जबराले प्रदर्शकहरुले अदालत पुगेको बताएका छन् । बालेनले कुनै पनि हिन्दी फिल्म रिलिज गर्न नदिने घोषणा गरेसँगै फिल्मीकर्मीहरुले समेत यसको विरोध गरिरहेका छन् । यस्तै पोखरा महानगरपालिकाले पनि आदिपुरुष प्रदर्शनमा रोक लगाएको छ ।