निशुल्क दाह्री कपाल काट्ने अभियान शुरु गर्दै बिक्रम गौतमको टिम

...

सुरेस तिमल्सिना/ असार, काठमाडौँ । काठमाडौं स्थित कपनमा रहेको बि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुनका प्रमुख बिक्रम गौतम लगायत उनको टिमले उपत्यकाकाको विभिन्न स्थानहरुमा निशुल्क दाह्री कपाल काट्दै हिड्ने अभियान प्रारम्भ गर्ने भएको छ । 

हास्य टेलिसिरियल ‘सक्किगोनी’ मा निरन्तर मेकप आर्टिस्टको रुपमा काम गर्दै आईरहेका बिक्रम गौतमले दर्जनौं म्युजिक भिडियो , चलचित्र , सिरियलमा समेत मेकप आर्टिस्टको रुपमा काम गरिसकेका छन । स्वदेशमा केही आफुमा भएको सिपलाई उचित ढङ्गले प्रस्तुत गर्न सकेमा आत्मनिर्भर बन्न ठुलो प्रयत्न गर्न नपर्ने रहेछ भन्ने ज्वलन्त उदाहरणका रुपमा चिनिन्छन बिक्रम गौतम ।

आफ्नो पेशामा आफू सन्तुष्ट रहेको र स्वदेशमा नै भएका जनशक्तिले दार्ही कपाल काट्न सक्षम भएमा देशलाई ठुलो सहयोग मिल्ने र धेरैले रोजगारीको अवसर पाउने अभिप्रायका साथ उनले अहिले कपन स्थित आफ्नै सैलुनमा करिब २५ जनालाई दार्हि कपाल काट्न सिकाउने तालिम समेत दिईरहेका छन । 

केहीदिन अघि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुन सामाजिक संजाल मार्फत अब आफ्नो टिम काठमाडौ , भक्तपुर , ललितपुर लगायत देशका विभिन्न जिल्लाहरुको विभिन्न स्थानहरुमा निशुल्क दार्ही कपाल काट्ने अभियान लेर उपस्थित हुन लागेको कुरा सार्वजनिक गरेका छन । 

स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुनको फेसबुक पेजबाट (हामी एउटा अभियानको तयारिमा छौँ जुन अभियानले युवाहरुलाई रोजगारि संगै देश भित्र नै पाईने कामको सहि उपयोग गरि आर्थिक रकम देशमा नै भित्राउनमा मद्दत मिल्ने छ ।

बारा , पर्सा , रौतहट , सप्तरी , सर्लाही लगायत नेपालको जुनसुकै भुभाग मार्फत नेपालीले भन्दापनी भारतको बिहार राज्यका भारतिय नागरिकहरुले मासिक ३ करोड भन्दा माथिको रकम नेपालिहरुको दार्ही कपाल काटेर लगिरहेको तथ्यांकमा उल्लेख छ ।  उक्त रकम स्वदेशमा रोक्न सके हामिले आफ्नो देशमा नै दार्ही कपाल काटेर पनि लाखौं रकम कमाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न र देशमा भईरहेको आर्थिक मन्दिलाइ सहज गराउन हामी काठमाडौँ , भक्तपुर , ललितपुर जिल्लाका विशेष ठाउँहरुमा निशुल्क दार्ही कपाल काट्न हिड्ने तयारी गर्दैछौँ ।

यो योजनालाई आत्मसात गर्दै हामी एक्लै अगाडि बढ्ने हो भने असम्भब छ । त्यसैले जति पनि नेपालीहरु यो योजनामा हामिलाई साथ , सहयोग र सद्भाव प्रकट गर्दै हाम्रो यो अभियानमा जोडिन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । आदरणीय  जनप्रतिनिधि  , पत्रकार , कलाकार , ब्यबसायिहरुले हाम्रो यस अभियानमा हातमा हात मिलाएर साथ दिनुहुन्छ भन्ने आशा गरेको गर्दछौं ।

अनि हामिलाइ दार्ही कपाल काट्ने जनशक्तिको कमि भएको हुँदा दार्ही कपाल काट्न सक्षम महानुभावहरुले साथ दिएर र असक्षम महानुभावहरुले हामिलाइ यो अभियानमा साथ दिन्छु भनेर आउनुहुन्छ भने ५ बर्षको कन्ट्याक्ट् गर्नु पर्नेछ हामी तपाईहरुलाई निशुल्क तालिमको पनि ब्यबस्था गर्नेछौं ।