शंकरी बिसीले खोले डान्स एकेडेमी

...

असार, काठमाडौँ । मोडल तथा कोरियोग्राफर शंकर बिसीले काठमाडौंको महाराजगन्जमा डान्स एकेडेमी सन्चालनमा ल्याएका छन् । बिसीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै डान्स एकेडेमी खोलेको जानकारी दिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी अग्रग कलाकार मिथिला शर्माले एकेडेमीको रिबन काटेर उद्घाटन गरिन् ।
शुभकामना दिनका लागी महेन्द्र गौतम, कृष्ण रसाइली, कोरियोग्राफर काजिश श्रेष्ठ लगायतको उपस्थिती थियो । शंकर बिसीले डेढ दशक अघि देखीनै बिभिन्न एकेडेमीमार्फत डान्स सिकाउँदै आएका थिए ।

shankar-bc-dance-academy.jpg

सुरुमा कृष्ण फिल्मस्बाट उनले डान्स सिकाउँदै आएका थिए भने पछिल्लो समय कोरोना कहरको समयमा आफैले काठमाडौंको सामाखुसीमा डान्स एकेडेमी खोलेका थिए । तर त्यो समयमा कारोना कहरका कारण एकेडेमी अगाडी बढ्न नसकेको जानकारी गराएका छन् ।  
शंकरले डान्स एकेडेमीमा बिभिन्न प्रकारका मौलिक नृत्यहरु पनि सिक्ने पाइने बताएका छन् । ‘शंकर बिसी डान्स एकेडेमी’मा असार १० गते आईतबारदेखी बिहानी कक्षा, दिवा कक्षा, रात्रीकालिन् कक्षा सञ्चालन हुने बताइएको छ ।