‘हेर्दा हेर्दै अन्माएर’मा बिजय र सोनीको रोमान्स

...

असार, काठमाडौँ । गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘हेर्दा हेर्दै अन्माएर’ बोलको प्रेम र विरहले भरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ । जसमा आफुँलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विबाह गएको दृश्यले धेरैको मन छुन्छ ।

प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय बिजय पुन मगर र सोनी ढुंगानाको अभिनय रहेको छ । लामो समयको बेलायत बसाईपछि करिब ३ महिनाको नेपाल बसाईका क्रममा गीतकार थापाले आफ्नै निर्देशनमा तयार पारेको भिडियो हो हेर्दा हेर्दै अन्माएर  । भिडियो रिलिज गरेसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक तथा गीतकार थापा बताउँछन् ।

बेलायतबाट भर्चुअल माध्यमबाट करिब दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापा नेपालमा नै आएको समयमा निरन्तर भिडियो निर्देशनलाई निरन्तरता दिइरहेका बेला  हेर्दा हेर्दै अन्माएर बोलको गीतको भिडियो बजारमा आएको हो । जसमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ  मास्टरिङ  तथा नबिन निरौलाको कलर तथा सम्पादन रहेको छ ।

नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवंम निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा बजारमा आएको हो ।