धुर्मुस् सुन्तलीको वेव फिल्म ‘मत मर्छु कि क्याहो’ अब युट्युवमा

...

असार, काठमाडौँ । नेपाली हास्य ब्यंग्य क्षेत्रको लोकप्रिय वास्तविक जोडी सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘मत मर्छु कि क्याहो’ अब युट्युवमा हेर्न पाइने भएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युवमा भोली (सोमबार) सार्वजनिक गरिने बताइएको छ ।

फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।

यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । धुर्मुस्ले भनेका छन्, यसलाई हामीले वेव फिल्म भनेका छौं । ठुलो पर्दाको चलचित्र भने होइन । उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Trailer: