‘माया मागेको’मा बद्री र अलिसाको दमदार नृत्य

...

असार, काठमाडौँ । डान्सर बद्री बिष्ट र अलिसा श्रेष्ठको दमदार नृत्य रहेको ‘माया मागेको’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक भिडियो निकै प्रतिक्रिया आइरहेका छन् । बिशेषगरी बद्री र अलिसाको कामको तारिफ भिडियोमा आएका प्रतिक्रियामा देख्न सकिन्छ । भिडियोमा उनीहरुको केमेष्टि गज्जबको छ ।

alisha-shretha.jpg

गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर रहेको छ । गीतमा शब्द र संगीत गायक नविनकै रहेको छ भने र्याप सिर्जना खत्रीको सुन्न सकिन्छ । भिडियोको कन्सेप्ट, कोरियोग्राफि र निर्देशन डान्सर बद्रीकै रहेको छ । भिडियोमा बद्री र अलिसासँगै सुनिल क्षेत्री र सिर्जना खत्रीलाई पनि देख्न सकिन्छ । भिडियो खिच्ने र सम्पादन गर्ने काम पवन सुस्लिङले गरेका छन् । 

बद्रीले भिडियोलाई दर्शकले मन पराउनेमा विश्वास राखेका छन् । उनले आफ्ना यसअघिका भिडियो जस्तै दर्शकले माया गर्ने विश्वास राखेको भन्दै यसपटकको भिडियोमा केहि फरक गर्ने कोसिस गरेको पनि बताए ।