राजु गिरीले ‘मेयर साहेब’ चलचित्र बनाउने

...

असार, काठमाडौँ । राजु गिरीको निर्देशनमा नेपाली चलचित्र ‘मेयर साहेब’ निर्माण गरिने भएको छ । शुक्रबार निर्देशक गिरीले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरेका हुन् ।

आगामी भाद्र महिनाबाट फ्लोरमा जाने चलचित्रको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ । चाँडै चलचित्रको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनितिक बिषयमाथि निर्माण हुने चलचित्रको हाल प्रि-प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ ।

बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । चलचित्रमा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती चलचित्रका सह निर्माता हुन् ।

निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको चलचित्र ुनम्बरी सुनु प्रदर्शनको तयारीमा छ । यो चलचित्र आगामी भाद्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।