के पुर्व मिस नेपाल शृङ्खला खतिवडाको इन्गेजमेन्ट भएको हो ?

...

असार, काठमाडौँ । पुर्व मिस नेपाल शृङ्खला खतिवडाको प्रेम चर्चा निकै हुने गर्छ । पछिल्लो समय उनले गरेका काम भन्दा पनि कोसँग प्रेममा छिन् भन्ने बिषय नै बढी खोजिन्छ । कहिले ब्लगरसँगको चर्चा त कहिले धनाढ्य युवकसँगको चर्चा । अहिले फेरी शृङ्खलाले इन्गेजमेन्ट गरेकी हुन् भन्ने चर्चा चल्न थालेको छ । के साँच्चै इन्गेजमेन्ट भएको हो त ? अध्ययनका लागि अमेरिका बस्दै आएकी शृङ्खला केहिदिन अघि मात्र नेपाल आएकी थिइन । अहिले सार्वजनिक भएको एक तस्बिरले धेरैले जिज्ञासु बनाएको छ ।

कैलाश सिरोहियाका कान्छा सुपुत्र अनुभव सिरोहियाको इन्गेजमेन्टमा सिरोहिया परिवारसँगको पारिवारिक तस्बिर जहाँ उनी सम्भवसँगै देखिएकी छन् । रोचक त के छ भने एक तस्बिरमा सम्भवका भाइकी हुनेवाला दुलही मयंका राणाले शृंखलालाई ढोगेको देख्न सकिन्छ । तस्बिरमा शृङ्खलाले मयंकालाई आशिर्वाद दिएको पनि देखिन्छ । उक्त तस्बिरबाट सम्भव र शृङ्खलाको इन्गेजमेन्ट भई सकेको अड्कल सबैले गर्न सक्छन ।

sambhav-shrinkhala.jpg

तर यो जोडीले आफूहरु प्रेममा रहेको समेत खुलेर भन्न सकेका छैनन् । सायद यो जोडीले इन्गेजमेन्ट गरिसकेको होकि ? के थाहा अब बिहे भइसकेको तस्बिर पो बाहिरिने तयारीमा छ कि ? जे होस् 
 तपाई हामी पर्ख र हेरको अवस्थामा छौं ।