युवराजले ल्याए ‘गाउँको माया लाग्छ’

...

असार, काठमाडौँ । गायक युवराज छन्त्यालको नयाँ गीत ‘गाउँको माया लाग्छ’ सार्वजनिक गरिएको छ । गीतमा उनीसँगै सहिमा श्रेष्ठको स्वर रहेको छ । गीतमा शब्द, संगीत पनि युवराजकै रहेको छ भने संगीत संयोजन कुमार थापाको रहेको छ । 

गीतमा शहरबाट गाउँ फर्किएको एक परिवारको कथालाई उठाइएको छ । शहर भन्दा गाउँकै माया लाग्छ भन्ने सन्देश गीतले दिएको छ । गीतको भिडियोमा युविन ढुंगाना, पार्बती पुन र बिनोद महतो लगायतको अभिनय रहेको छ । महेश महराले खिचेको भिडियो सिबन पोख्रेलले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफि पनि सिबनकै रहेको छ । भिडियोको सम्पादन सरोज केसीले गरेका छन् ।