नारी टेलिभिजनको प्रशारण प्रारम्भ

...

असार, काठमाडौँ । नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आफ्नो प्रशारण प्रारम्भ गरेको छ । असार २० गतेबाट सुरु भएको यो टिभिले नारीहरुको नसुनिएका कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभिले आफ्नो मुख्य उदेश्य राखेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा आएको छ । करिब १ लाख ३४ हजार ९०० जनसंख्या रहेको सुदुरपश्चिमको बाजुरामा उद्घाटन समारोहका बीच त्यहाँ रहनु भएका १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यान संगै ३ महिनाका लागि पोट्रिन डाईट औषधीसंगै १०० जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको छ ।

nari-tv.jpeg

उद्घाटन समारोहमा उपस्थीत हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृह मन्त्री रबी लामिछानेले टेलिभिजनको भिडहरुमा नारी टिभिले फरक उदेश्य र महत्व राख्ने सुनाए । उनले अगाडी थपे “यो टेलिभिजनको संचालक मेरी श्रीमति हुनुहुन्छ, नीकिता पौडेल । उहाँ मिडिया सम्बन्धी अध्यन विदेशमा गरी १४ बर्ष अघिदेखि नेपाली फिल्म क्षेत्रको श्रीवृद्धीमा समप्रित टेलिभिजन च्यानल टिभि फिल्म संचालन गरी रहनु भएको थियो । र, अब महिलाहरुको आवाज बोल्नु पर्छ, समाज रुपान्तरणमा महिला सहभागिता अपरिहार्य देखिएको भन्दै नारी टेलिभिजन संचालनमा ल्याउनु भएको छ । समस्त नारीहरुको आवाज बन्न सकोस् शुभकामना छ ।”

टेलिभिजनले प्रशारण प्रारभ्म गरेसंगै माईती घर र आजको नारी नामक कार्यक्रम प्रशारण थालनी गरेको छ भने नारी समाचार पनि प्रशारणमा आएको छ । बिशेषत् महिलाहरुका हकहित, अधिकारका निमित्त नारी टिभि सदैव क्रियाशिल रहने अध्यक्ष निकिता पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले भिटि फिल्मीले प्राप्त गरेको दर्शकहरुको मायालाई आत्मसाथ गर्दै नारीहरुको आवाजका रुपमा पहिलो महिला सम्बन्धी टेलिभिजन प्रशारणमा ल्याउँन पाउनु आफ्नो भाग्य ठानेको सुनाउँनु भयो ।

नारी टेलिभिजनमा यसका बिषय वस्तु मात्र हैनन् यहाँ कार्यरतहरु सम्पूर्ण महिलाहरु नै हुनुहुन्छ । जसले गर्दा नारी टिभि सम्पूर्ण महिलाहरु प्रति समप्रित रहेको छ ।