सकारात्मक प्रतिक्रिया बटुल्दै राजु र संगीताको ‘पोल्ला मेरा आँशुले’

...

असार, काठमाडौँ । गायक राजु परियार र संगीता पौडेलको स्वरमा सार्वजनिक भएको ‘पोल्ला मेरा आँशु’ बोलको रोइला गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । तीनदिन अघि गायिका संगीताकै युट्युवमा सार्वजनिक गीतको भिडियोमा आएका प्रतिक्रिया सकारात्मक छन् । गीतमा शब्द र संगीत पनि संगीताकै रहेको छ । यस्तै गीतको एरेन्ज संजय श्रीपालले गरेका छन् । 

गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको अभिनय रहेको छ । प्रशान्त मगरको कोरियोग्राफि रहेको भिडियो मुकेश हुमागाईँले खिचेका हुन् । भिडियोको निर्देशन भने कुमार केसीले गरेका हुन् ।

गीतको प्रतिक्रियालाई लिएर गायिका संगीता पौडेल आफू खुसी रहेको बताइन् । उनले यसअघिका गीत जस्तै यसगीतमा पनि दर्शकको माया पाइरहेको बताइन् ।