अलबिदा सारुक

...

असार, काठमाडौँ । गएराती आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुबा सानु ताम्राकारले सारुकको पार्थिव शरिरमा दागबत्ती दिए । 
आर्यघाट परिशरमा नेपाली कलाक्षेत्रका कलाकर्मिको उपस्थिती बाक्लो देखिन्थ्यो । आर्यघाटको माहोल स्तब्ध थियो । दिउँसो उनलाई श्रद्धान्जली दिनका लागी चलचित्र ‘इन्टु मिन्टु लण्डन’मा सँगै काम गरेका नायक धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति थियो ।

चलचित्र कलाकारसँघका अध्यक्ष मोहन निरौला देखी बिभिन्न संघसंस्थाका ब्यक्तिहरुको पनि उपस्थिती थियो । बिहीबार बेलुका अभिनेता ताम्राकार काठमाडौंको रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक अवस्थामा उनको मृत्यु आत्महत्याबाट भएको बता एपनि थप अनुसन्धान हुने जनाएको छ । 

saruk-tamrakar-aryaghat (1).jpg

saruk-tamrakar-aryaghat (6).jpg

saruk-tamrakar-aryaghat (7).jpg

saruk-tamrakar-aryaghat (4).jpg

saruk-tamrakar-aryaghat (5).jpg

saruk-tamrakar-aryaghat (2).jpg

saruk-tamrakar-aryaghat (3).jpg