रुचाइयो धुर्मुस् सुन्तलीको वेव फिल्म ‘मत मर्छु कि क्याहो’

...

असार, काठमाडौँ । वेव फिल्म ‘मत मर्छु कि क्याहो’ सार्वजनिक भएको छोटो समयमै रुचाइएको छ । गएको २६ जुनमा सार्वजनिक यो फिल्मलाई १२ दिनमै युट्युवमा २ मिलियन भन्दा बढी पटक हेरिएको छ । यस्तै ४१ हजार बढी लाइक छ भने १२ सय बढीले प्रतिक्रिया जनाएका छन् । सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) लाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्ने प्रतिक्रिया धेरै देखिन्छ ।

युट्युवमा फिल्म हेरिसकेपछि एक दर्शकले लेखेका छन्, ‘धुर्मुस सुन्तली अब पहिलेकै पेशामा फर्किनु पर्छ ल हामि उहि पहिलाको धुर्मुस सुन्तली हेर्न चाहन्छौ । सफलताको शुभकामना ।’ यस्तै मुकेश रोकाया नामका अर्का प्रयोगकर्ता लेख्छन्, ‘सर्वप्रथम त हजुरहरूलाई यति राम्रो चलचित्र निर्माण गर्नुभएकोमा हृदय देखि नै धन्यवाद।। बाँकी मनोरञ्जन र मन छुने । धेरै आनन्द आयो। जति वर्णन गरे पनि कम छ ।’

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको थियो । फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् ।