चलचित्र ‘दान्भी’को गीतमा कुन्साङ र पूजाको हट दृश्य

...

असार, काठमाडौँ । चलचित्र ‘दान्भी’ अहिले निर्माण भइरहेको छ । एकसाता अघिदेखी छायांकन भइरहेको यो चलचित्रमा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरिएको छ ।

यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्वीरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा चलचित्रका मुख्य २ कलाकारहरु नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्वीरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।

puja-and-kunsang.jpg

हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो हेर्दा निर्माणपक्षले उत्कृष्ट बनाउनका लागि खुबै मिहिनेत गरेको देखिन्छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई चाडै नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ ।

चलचित्रलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिए । यो चलचित्रको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ । काठमाडौंमा एक्सन र दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ ।

नायक कुन्साङ र नायिका पूजाले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।