सकम्बरीकी कुसुमले लगाएको ड्रेसमा दर्शकले दिए गाली

...

असार, काठमाडौँ । लोकप्रिय गायक प्रकाश सपुतको गीत ‘फूलमाया‘’ मा अभिनय गरेर एक्कासी चर्चामा आएकी मोडल कुसुम शर्मालाई यतिबेला दर्शकले गाली गरिरहेका छन् । एउटै भिडियोबाट रातारात भाइरल बनेकी कुसुमलाई उनको वास्तविक नाम भन्दा पनि सकम्बरीले नै बढी चिन्छन् । 

एउटै गीतबाट फ्यान फ्लोइङ ह्वात्तै बढेपछि उनी खुसीले गदगद भएकी थिइन् । फ्यान फ्लोइङलाई सम्हाल्नै गाह्रो भइरहेको छ । उनले सामाजिक सन्जालमा राख्ने ब्यक्तिगत गतिबिधिलाई पनि दर्शकले नियालिरहेका हुन्छन् । सानातिना कुराबाट पनि उनले ठुलो प्रतिक्रिया पाइरहेकी हुन्छिन् । 

अहिले उनको एक दृश्य सार्वजनिक भएपछि गाली खाइरहनु परेको छ । यहाँ देखाइएको तस्बिरमा उनी हट अवतारमा प्रस्तुत भएकी छिन् । कमेन्टमा गाली गर्नेहरु बढ्दो छन् । त्यसो त टिकटकमा भेटिएको यो भिडियो उनले आफैले अपलोड गरेकी भने होइनन् । ‘भाइरल नेपाली’ नामक आइडीबाट हालिएको भिडिओमा फुलमाया ‘हट’ अवतारमा देखिन्छिन् । माथि ह्वाङ्गै खुलेको लुगा लगाएकी छिन् । तर, उनको यो पहिरन फ्यानहरूले पनि रुचाएको देखिएन । धेरैले भद्दा कमेन्ट गरेका छन् भने कतिपयले उनलाई उच्छृङ्खल पहिरन लगाएर आफ्नो छवि नबिगार्न सुझाव दिएका छन् ।

नकारात्मक टिप्पणीहरूको वर्षा भएपछि कुसुमले कमेन्ट बक्समै आफ्नो भिडिओ हटाइदिन आग्रह गरेकी छिन् । तर, उनको भिडिओ भने हटेको छैन । कुसुमले लेखेकी थिइन्, ‘मेरो अनुमति बिना यसरी अर्कालाई डोमिनेट गर्ने काम ठिक हो त ? सबैले सामना गर्न सक्छ भन्ने हुन्छ र भन्या के ?’

उनको अर्को कमेन्ट छ, ‘डिलिट गर्नु भनेसि हुँदैन दाइ ? राम्रोसँग भनेर लाग्दैन ? मेरो अकाउन्टबाट पोस्ट भाको छ र यो ? ड्रेस ट्राई गर्दाको भिडिओ कसरी आयो के था ?’
उनले उक्त ड्रेस लगाएर हालेको भिडियो अहिले दिनप्रतिदिन छरिइरहेको छ । त्यसो त यो शैलीको ड्रेस नेपाली नायिका तथा मोडलहरुले लगाउँदै नलगाएका भने होइनन् । तर भर्खर मोडलिङ क्षेत्रमा प्रवेश गरेकी कुसुम एक्कासी यो अवतारमा प्रस्तुत हुँदा उनका शुभचिन्तकहरुले चिन्ता ब्यक्त गरेका हुन् । राम्रो छबि बनाएका प्रकाश सपूतको गीतबाट डेब्यु गरेकी कुसुमको छबि राम्रो होस् भन्ने उनका शुभचिन्तकहरु चाहन्छन् ।