अन्तरजातिय प्रेम कथामा ‘श्रद्धा–सुमन’ चलचित्र निर्माणको घोषणा

...

असार, काठमाडौँ । अन्तरजातीय प्रेम कथामा नयाँ चलचित्र ‘श्रद्धा–सुमन’ को निर्माण घोषणा गरिएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुने भनिएको यो चलचित्रको बिहीबारबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ ।

के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो चलचित्रलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । फिलमको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन् । यो चलचित्रमा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । चलचित्रमा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन् । एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा यो चलचित्र बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए ।

चलचित्रमा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ । यो चलचित्रमा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ ।

चलचित्रको छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए । यो चलचित्रको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ । साथै, नेपाल बाहिर पनि यो चलचित्रको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।