‘हात्तीछाप’को सेटबाट बाहिरियो सौगातको लुक्स

...

असार, काठमाडौँ । असारको २४ गतेबाट छायांकन प्रारम्भ भएको चलचित्र ‘हात्तीछाप’को सेटबाट नायक सौगात मल्लको लुक्स बाहिरिएको छ । सौगातको लुक्स बाहिरिएसँगै चलचित्र प्रति आम मानिसको कौतुहलता र उत्साह अझै बढ्ने देखिन्छ ।

सौगात मल्लको लुक्स राजाको छ । राजाको गेटअपमा देखिएका सौगातको लुक्सले चलचित्रको कथा के हो भन्ने अनुमान लगाउन आम मानिसहरुलाई अझै गाह्रो पर्ने देखिन्छ । किनकी, सौगातले चलचित्रमा राजाको भूमिकामा काम गर्दै गर्दा फिल्मको पहिलो दिनमा अर्का नायक दयाहाङ राई ग्यारेजमा भेटिएका थिए ।

निर्माता किरण नेपालीका अनुसार चलचित्रको सेटमा नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी आजबाट जोडिएका छन् । चलचित्रको पहिलो दिन नायक दयाहाङ राई र कलाकार कमलमणी नेपालले टेक दिएका थिए ।

प्रदीप भारद्धाजको लेखन रहेको यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन छ । सामाजिक कथावस्तुमा बनिरहेको यो चलचित्रलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय छ ।