‘देव वाणी’को गीतको छायांकन भारतको राजिस्थानमा

...

असार, काठमाडौँ । बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘देव वाणी’को एक गीतको छायांकन भारतको राजिस्थानमा गरिएको छ । प्रताप दास र सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजिस्तानमा गरिएको हो ।

चलचित्रको निर्माण टिम केही दिनअघि भारतको राजिस्तानमा ४ दिन लगाएर एक गीतको छायांकन गरेर नेपाल फर्किएको छ । अब चलचित्रको एक गीत र केही सिन मात्र खिच्न बाँकी रहेको जानकारी निर्माण टिमले दिएको छ । राजिस्तानमा खिचिएको गीतमा चलचित्रका मुख्य कलाकार कुन्दन भारद्धाज र अनुपा लेप्चा फिचर्ड छन् ।

dev-bani-movie.jpg

चलचित्रमा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो ।
 
निर्देशक बलामीले चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए । चलचित्रलाई भारतका हलमा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको चलचित्रको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता महेन्द्र यादव हुन् । सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।