‘नाङ्गो गाउँ’को पोष्टरमा राजनीतिक पृष्ठभूमी

...

असार, काठमाडौँ । भदौको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको चलचित्रको पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन छ ।

यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । चलचित्रको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

चलचित्रमा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ । बनिष शाहको सम्पादन रहेको यो चलचित्रमा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गरेको छ । गतबर्ष फिल्म ‘२ नम्बरी’ सुपरहिट दिएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ बर्षकै प्रतिक्षित चलचित्र हो ।