आकाश र रेखाको ‘हिँड्दा–हिँड्दै’ टिजर सार्वजनिक

...
असार, काठमाडौँ ।प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनीक गरिएको छ । भदौ १ गते प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर बिहीबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । 

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशीत चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा झल्किएको छ । उनीहरुको साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा  प्रस्तुत गरिएको छ । 
सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश,रेखा,सलोन,सानीयाका साथमा बिमल श्रेष्ठ,भोला सापकोटा, बिशाल श्रेष्ठ,बिकास थापा मगर र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन् ।
बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्र सुमन तण्डुकारले खिचेका हुन भने तारा प्रकाश र किरण माइकलको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ । राज लामा निर्माता रहेको चलचित्रको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह छन् । गौतमराज खड्काले सम्पादन गरेको चलचित्रको कलर ग्रेडिङ समीर मियाँले गरेका हुन् । ‘हिड्दा हिड्दै’ लाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।