भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘तिम्रै माया लाग्छ’ गीत सार्वजनिक

...

असार, काठमाडौँ । काठमाडौ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको रहेको छ । त्यस्तै महाराज थापाको एरेञ्ज रहेको छ, भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक स्वयम करण र मोडल पुर्णिका सिजापतीको अभिनय रहेको छ । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा करण र पुर्णिकाको क्यामेस्ट्री जमेको छ । भिडियोमा करण र पुर्णिकाको रोमान्स देख्न सकिन्छ । करणले सार्वजनिक भएको गीतबारे बोल्दै भने ‘मेरो गीत–संगीतको यात्रामा माया गर्ने प्रेमिल जोडीहरुमा समार्पित हुनेछ यो गीत ।’ त्यस्तै फिल्ममा डेब्यु गर्ने तयारीमा रहेकी मोडल पुर्णिका करणसंगको सहकार्य राम्रो भएको बताइन् । उनले भनिन्, राम्रो गीत, राम्रो टिमसंग काम भएकालेपनि हाम्रो काम रुचाउनु हुन्छ भन्ने आसा छ ।’

karan rai and purnika sijapati timrai maya lagchha (8).JPG
टिस्टुङको मनोरम दृश्यमा सुटिङ गरिएको शानद्धरा निर्देशित म्युजिक भिडियोमा रोशन विश्वकर्माको कोरियोगाफ रहेको छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन् । अनुस्का पौडेलको कस्ट्युम रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।
गायक करणको केही हप्ता अगाडि ‘धन्यवाद’ र ‘सिमाना’ बोलको गीतपनि सार्वजनिक भएको थियो । गीत रेकर्डिङ र सुटिङमा ब्यास्त करणले वरिष्ठ गायक राजेश पायल राईसंग पनि गीतको सहकार्य गरिरहेका छन् ।