सार्वजनिक ‘नाङ्गो गाउँ’को टिजरको चर्चा

...

साउन, काठमाडौँ । भदौको २९ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएसँगै चर्चा बढ्न थालेको छ ।  युट्युवमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने चलचित्रको हाइप बढ्दै गएको छ। 
 दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ ।

जय श्रेष्ठको लगानीमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने पक्का छ । यो चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।

यसअघि चलचित्र ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक चलचित्रको ‘नाङ्गो गाउँ’ बर्षकै प्रतिक्षित चलचित्र बनेको छ । टिजरले यो प्रतिक्षालाई अझै बढाएको छ ।