फ्ल्प ५ नेपाली चलचित्र (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । तपाईले धेरै कमाएका नेपाली चलचित्रको समाचारहरु सुन्नुभएको होला । करोडौं कमायो भन्ने खबर आइरहन्छन् । केहिदिन अघिमात्रै चलचित्र जारीले १०० दिन मनायो । करोडौंको ब्यापार गर्यो । यस्तै छक्का पन्जा चलचत्रिले पनि ५१ दिन मनायो । करोडौं ब्यापार गर्यो । तर फ्ल्प भन्दा पनि सुपरफ्ल्प भएको चलचित्रले कति कमाउँछन् होला । करोडको कुरा छाडौं, लाख पनि छाडौं, हजार पनि छाडौं । कुनै कुनै चलचित्रको त हरिबिजोग नै हुन्छ ।  
तपाईँले थाहा पाउनुभयो भने होस हराउँछ, हाँसो पनि लाग्छ, अलिकति रमाइलो पनि लाग्न सक्छ । यसपटक भने हामीले आर्थिकबर्ष २०७९–२०८० मा आएका चलचित्रमध्ये सुपर फ्लप फिल्मको बारेमा भन्न गइरहेका छौं ।
चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९,८० मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको आधिकारिक कमाइ सार्वजनिक गरेको छ।  बोर्डले गएको बिहीबार सूची जारी गर्दै गत आर्थिक वर्षमा ५७ वटा नेपाली चलचित्रप्रदर्शन भएको जानकारी दिएको छ। यी चलचित्रले ७६ करोड ७२ लाख ५६ हजार ग्रस कमाएको छ ।

अब कुरा गरौँ सुपर फ्ल्प भएका ५ नेपाली चलचित्रको ।

नम्बर ५, ए साथी सुन
यो चलचित्र गएको जेठ महिनामा रिलिजमा आएको थियो । राम राघब आचार्यको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा नायिका वर्षा सिवाकोटी, रमेश बानिया, सुशिल पोखरेल लगायतका कालकारको मुख्य अभिनय रहेको छ । चलचित्र निर्माण हुँदा अत्तोपत्तो थिएन । जब रिलिजको समय आयो, त्यो बेला पनि खासै चर्चा भएन । मिडियामा अलि अलि समाचार बने, खुसुक्क हलमा आयो । आएकै दिनबाट बाहिरियो । यो चलचित्रले कति कमायो होला रु चलचित्र बिकाश बोर्डले उपलब्ध गराएको डाटा अनुसार जम्मा २१२ वटा टिकट बिक्री भएको छ । जसबाट ६० हजार ५ सय ८५ रुपैंया कमाएको थियो ।

नम्बर ४, आँधी तुफान २
‘आँधी तुफान २’ नाम गरेको चलचित्र गएको असोज १५ गते रिलिजमा आएको थियो । यो चलचित्र पनि आएको र गएको पत्तै भएन । मदन घिमिरेले निर्देशन गरेको यो चलचित्र रबि गिरी, सन्जय खतिवडा, सन्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ।  यो चलचित्रमा लगानी मौनता श्रेष्ठको रहेको छ । यो चलचित्रको आम्दानी पनि बिजोग छ । यो चलचित्रको जम्मा १४५ वटा टिकट बिक्री भएको थियो । जसबाट २८ हजार ४ सय ३९ रुपैंया कमाएको थियो । जहाँसम्म लाग्छ चलचित्रको सुटिंगको समयमा खाएको चियापानीको पैसा सम्म उठ्यो कि ।

नम्बर ३, सरि मम
‘सरि मम’ नाम गरेको चलचित्र २०७९ को माघ ५ गते रिलिजमा आएको थियो । यो चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, प्रभात पल, अलिस राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचत्रिलाई नबिन बोगटीले निर्देशन गरेका हुन् भने खेमराज अधिकारी र रोजिता तामांगको लगानी छ । यो चलचित्रको कमाई झनै हरिबिजोग छ । यो चलचित्रको जम्मा ११२वटा टिकट बिक्री भएको थियो । जसबाट जम्मा २३ हजार ७ सय २७ रुपैंया आम्दानी भएको थियो ।

नम्बर २, चोर र पुलिस
चलचित्र ‘चोर र पुलिस’को आम्दानी पनि निकै बिजोग छ । यो चलचित्र २०७९ मंसिर २ गते रिलिज भएको थियो । यो चलचित्रमा बुद्धि तामांग, धिरेन शाक्य, कबिता राय लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आर।एल। राना मोक्तानले निर्देशन गरेका हुन् । यो चलचित्रको जम्मा १०४ वटा टिकट बिक्री भयो । जसबाट १८ हजार ७ सय २५ रुपैंया आम्दानी भयो ।

नम्बर १, सिवानी

‘सिवानी’ नाम गरेको चलचित्र यो आर्थिक बर्षको सबैभन्दा सुपरफ्ल्प भएको चलचित्रको लिस्टमा परेको छ । यो चलचित्रमा उत्तम बिष्ट, छुल्ठिम गुरुंग, पुर्णिमा लामा, निर्मल शर्मा, प्रशान्त कुमार यादव, उपेन्द्र प्रसाद खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रोनित बिजुंखे र उपेन्द्र प्रसाद खड्काले निर्देशन गरेका हुन् । यो चलचित्रमा लगानी अन्जु खड्गी, दिनेश कुमार राय, सत्यनारायण शाह र सुक बहादुर तामांगको लगानी रहेको छ । चार जनाले गरेको लगानीबाट आएको आम्दानी कति होला रु अनुमान गर्नुस् त । यो चलचित्रको जम्मा ५ वटा टिकट बिक्री भएको छ । जसबाट नेपाली रुपैंया ५२० मात्र कमाई गरेको छ ।

Video Report: