दक्षिण भारतीय चलचित्र ‘धुमम’ नेपालमा प्रदर्शन हुने

...

साउन, काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘धुमम’ नेपालमा प्रदर्शन हुने निश्चित भएको छ । फहाद फासिलको मुख्य भुमिका रहेको यो चलचित्रको नेपाल प्रदर्शन अधिकार सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले लिएको छ । चलचित्र आगामी शुक्रबारबाट नेपाली हलहरुमा प्रदर्शन हुने जनाइएको छ । 
भारतमा गत जुन २३ मा मल्यालम र कन्नडा भाषामा मात्रै रिलिज भएको चलचित्रले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । बक्कअफिसमा भने चलचित्र औषत मात्रै चलेको थियो । भारतमा चलचित्रको मल्यालम र कन्नडा बाहेक तमिल, तेलुगु र हिन्दी डब भने सिधै ओटिटी प्लेटर्फममा मात्रै रिलिज हुनेछ ।

पवन कुमारको निर्देशनमा निर्माण भएको ‘धुमम्’लाई दक्षिण भारतको चर्चित चलचित्र निर्माण कम्पनी होम्बले फिल्मस्ले निर्माण गरेको हो । यो व्यानरले यसअघि केजिएफ र केजिएफ २ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।