चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स बिक्री

...

साउन, काठमाडौँ । नेपाली चलचित्र  ‘कार्साङ’को ओभरसिज राइट्स बिक्री भएको छ । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो । चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच आधिकारिक संझौता भइसकेको छ ।

 ‘कार्साङ’का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतिक) सुवेदी र रमेश ढकालले सम्झैता गरेका हुन् । चलचित्रको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको छ ।

यम शेर्पाको निर्देशनमा बन्ने यो चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् भने नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । यसअघि उनले थुप्रै सर्ट चलचित्रको निर्देशन गरिसकेका छन् ।  चलचित्रमा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । चलचित्रका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । चलचित्रको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

तिहार लगतै  छायाकंन गरिने यस फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स ९रोहित(रत्न०ले लिएको छ । ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।