भागिरथ र सुनिताको तीज गीत ‘मायाले त होला’ले माया पाउँदै

...

साउन, काठमाडौँ । यसबर्षका लागी लोकप्रिय गायक भागिरथ चलाउनेको तीज बिशेष गीत सार्वजनिक गरिएको छ । प्राय तीजमा गीत सार्वजनिक गर्दै आएका भागिरथले यसबर्षका लागी ‘मायाले त होला’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा उनीसँगै गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । भागिरथको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष निकै हिट भएको थियो । 
रह्यो ।
तीजदिन अघि सार्वजनिक यस गीतमा शब्द, संगीत भागिरथकै छ । एरेन्ज बिनोद बाजुरालीले गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडिओमा भागिरथ स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा ‘महापुरुष’ फ्रेम्ड अभिनेत्री अञ्जना बराईली प्रस्तुत छिन् ।

सन्ध्या कंडेलको प्रस्तुति रहेको गीतको भिडिओलाई राजेश घिमिरेले छायाँकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडिओ भागिरथले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको तीजदिनमै ३ लाख बढी पटक युट्युवमा हेरिएको छ । यो समाचार तयार पार्दासम्म नेपालको युट्युवको ट्रेन्डिङको ३६ औं स्थानमा छ ।