भावनाको गीतमा राजेश हमालसँग मन्जुको नृत्य

...

साउन, काठमाडौँ ।  नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले तीज गीतमा नृत्य गरेका छन् । पछिल्लो केहि समय यता कुनै म्युजिक भिडिओमा नदेखिएका हमालले केहिदिन अघि भावना आचार्यको नयाँ तीज गीतमा नृत्य गरेका हुन् । आफ्नो घर आगनमा नाँच फरर बोलको गीतमा भावनासँगै डेभिड शंकरको स्वर रहेको छ । गीतमा भावनाकै शब्द तथा संगीत रहेको छ ।  

भिडिओमा हमालको साथमा मन्जु थापाले नृत्य गरेकी छिन् । यसअघि आधा दर्जन म्युजिक भिडिओमा काम गरेकी मन्जु मिस ब्युटिसियन नेपाल २०२१ कि बिजेता समेत हुन् । पहिलो पटक महानायक हमालसँग भिडिओमा काम गर्न पाउँदै निकै खुसी लागेको बताइन् । देबेन्द्र पाण्डेको निर्देशन रहेको भिडिओमा मन्जुसँगै गायिका भावनाको पनि नृत्य रहेको छ ।

363353929_1081352313238543_8653379845590328597_n.jpg

भिडिओमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडिओको छायांकन उत्सब दाहालले गरेका हुन् । गायिका भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु सार्वजनिक छन् । भिडिओ केहिदिनमै सार्वजनिक हुने बताइएको छ ।